नैरोबी, ५ मङ्सिर/ यमन तट नजिक एडेन खाडीमा सोमाली समुद्री डाँकाहरुले हङ्गकङ्गको एक कार्गो जहाजलाई अपहरण गरी लगेका छन् । डेलाइट नामको सो पानी जहाज २६ हजार टन गहुँ बोकेर इरानको बन्दार अब्बास बन्दरगाह पुग्दै थियो । जहाजका चालकहरु र सामानहरु कस्तो हालतमा छन् भन्ने प्रष्ट भएको छैन । पूर्वी अफ्रीकाको सीफेयर्रस एसिस्टेन्स प्रोग्रामका एक अधिकारी एन्डू मवानगुराका अनुसार हङ्कङ्गको झण्डा फहराइएको उक्त जहाज इस्लामिक रिपब्लिक अफ इरान सिपिङ लाइन्सले सञ्चालन गर्दै आएको हो ।

