६ मंसिर, टोरन्टो/ एक प्रवासी नेपालीलाइ क्यानडा सरकारले उत्कृष्ट मेहनती प्रवासी कर्मचारीको रुपमा सम्मान गरेको छ । क्यानडाको टोरन्टोस्थित फानेक्स बायोमेडिकल कम्पनीमा सुपरभाइजरको रुपमा विगत एकबर्षदेखि कार्यरत पशुपति पोखरेललाइ त्यहाँको सरकारी निकाय अन्र्तगत रहेको पील इकाइले सम्मान गरेको हो । क्यानडामा काम गरिरहेका प्रवासी कामदारहरुलाइ सम्मान गर्ने क्रममा क्यानडा सरकारले पोखरेललाइ सम्मान गरेको हो । सम्मानित पोखरेलले आफ्नो सफलतालाइ सवै प्रवासी नेपालीको सफलता भएको बताउनुभएको छ ।

