२३ नोभेम्बर, २००८
वित्त मन्त्रीको लागि टिमोथी गेइथनर मनोनयन हुने
पोखरान्युज डट कम डट एन्पी
वासिङगन

वासिङगन, ८ मङ्सिर/ अमेरिकी राष्ट्रपति निर्वाचित बाराक ओबामाले सोमबार न्यू योर्क फेडरल रिजर्भका अध्यक्ष टिमोथी गेइथनरलाई वित्त मन्त्रीको लागि मनोनयन गर्नु हुने अमेरिकी अधिकारीहरुले बताएका छन् । सिनेटले उहाँको चयनमा स्वीकृत दिए ४७ बर्षिय टिमोथी विश्वव्यापी वित्तीय संकटसँग सामना गर्ने ओबामा प्रशासनका वरिष्ठ मन्त्री बन्न पुग्नेछन् । शुक्रबार यो खबर फैलिएपछि दाओ जोन्स सूचकाँकमा ५०० प्वाइन्टबाट बृद्धि देखिएको थियो ।

पुर्व राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा वित्तमन्त्री रहेका लरेन्स र्समर्सले वित्तीय संकटबाट धराशायी भएका थुप्रै प्रतिष्ठानहरुको उद्धार कार्यमा समन्वय गर्न ओबामाबाट मनोनित हुनु हुने अमेरिकी अधिकारीहरुले बताएका छन् । गुइथनर र र्समर्स दुवै सोमबार बिहान सिकागोमा ओबामासँग एक पत्रकार सम्मेलनमा उपस्थित हुने बताइएको छ । साथै ओबामाले आगामी दुइ वर्षभत्र संयुक्त राज्य अमेरिकामा २५ लाख नयाँ रोजगारी सिर्जना गर्ने वाचा गर्नुभएको छ ।


Post your comments here
समाचार
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
पोखरा, २१ पुस्/पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटन क्षेत्रमा लगानी बृद्धि भएको हो । द्धन्द्ध शान्तिमा रुपान्तरण भएपछि आन्तरिक तथा बाहृय.....
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...
The new US embassy in Baghdad is due to be officially opened, with a dedication service led by Ambassador Ryan Crocker. Security will...
A Greek riot policeman has been seriously injured by two men with Kalashnikov automatic weapons in central Athens, officials say.