२७ नोभेम्बर, २००८
दक्षिण कोरियामा दीप श्रेष्ठको दोस्रो अन्तरङ्ग साँझ हुने
पोखरान्युज डट कम डट एन्पी
दक्षिण कोरिया

१२ मङ्सिर,दक्षिण कोरिया/ गत २३ तारिखका नेपाली जनसम्पर्क समितिको आयोजनामा सम्पन्न ऐक्यबद्धता साँझ २००८ को भब्य सफलतापछि कोरियावासी नेपाली समुदायको विशेष आग्रहमा वरिष्ठ लोकप्रिय गायक तथा संगीतकार दीप श्रेष्ठको दोस्रो अन्तरङ्ग साँझ हुने भएको छ । आउँदो २९ तारिख शनिबारका दिन सिउलको सदेमुनस्थित एमटीयुको सामसुङ हलमा आयोजना हुन लागेको उक्त कार्यक्रममा दक्षिण कोरियामा बसोवास गरिरहनु भएका सम्पूर्ण नेपालीहरुलाई समेट्ने लक्ष्य रहेको बताइएको छ ।

आयोजकका अनुसार यस कार्यक्रमको प्रमुख उद्देश्य नेपाली गीतसंगीतलाई उल्लेखनीय योगदान दिनु भएका गायक तथा संगीतकार दीप श्रेष्ठलाई थप हौसला र सहयोग दिन सकियोस् भन्ने रहेको छ ।

साथै उक्त दिन हुने दीप श्रेष्ठको विशेष कार्यक्रममा सिट सीमित रहेको हुँदा ईच्छुक सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले यथासीघ्र सम्पर्क गर्नका लागि आयोजकले अनुरोध गरेका छन् ।

मितिः नोभेम्बर २९, २००८ शनिबार सांझ ७ बजे । स्थानः लाइन ५ सदेमुन स्टेशन गेट नं १ बाट सामसुङ हल MTU_ को हल थप जानकारीको लागिः

गंगाराज राईः ०१० ९९६० ३९८९ के पी सिटौलाः ०१७ ७६७ ५२४८ डेविट राईः ०१० ९९८६ ७४७३ रघु त्रिपाठीः ०१० ७९३६ ३६८२ नरेन्द्र गुरुङः ०११ ९३०९ २०८७ मदन केसीः ०१० ३०३३ ८३९२ प्रेम गुरुङः ०१० ३०४२ ७०२४ भरत गुरुङः ०१० ६८७४ ०३९२ डिल्लीराज भण्डारीः ०१० २३५३ ३८२५ बिक्रम राईः ०११ ९६८० १८८५ नविन बज्राचार्यः ०१९ ४२० ०३८९ एस बी पाण्डेः ०१० ७२१४ २९९३


Post your comments here
समाचार
काठमाडौँ, २२ पुस । नेपालमा सन् २०११ सम्ममा १० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य साकार पार्न बन्द, चक्काजाम, हडतालजस्ता गतिविधि अन्त्य गरी दिगो शान्तिसुरक्षा कायम गर्नुपर्नेमा जोड दिइएको छ ।
काठमाडौँ, २२ पुस । अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले सरकारले बजारमा भइरहेको अनियन्त्रित मूल्यवृद्धि रोक्न कडा कदम चाल्ने सङ्केत गर्नुभएको छ । नेपाल राष्ट्र बैङ्कको आज निरीक्षण भ्रमणका क्रममा बैङ्क अधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री भट्टर्राईले यस्तो सङ्केत गर्नुभएको हो ।
भैरहवा, २२ पुस । नेकपा(माओवादी) का नेता मातृका यादवले मधेसप्रति माओवादी पार्टीनै स्पष्ट नभएको आरोप लगाउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता यादवले माओवादीको भनाइ र गराइ फरक रहेको बताउनुभयो ।
नयाँदिल्ली, २२ पुस । प्रधानमन्त्री मनमोहन सिंहले औद्योगिक नगर मुर्म्बईमा गत नोभेम्बरमा भएको आतङ्कवादी हमलामा पाकिस्तानको सरकारी निकायले सहयोग गरेको दाबी गरेका छन् ।
काठमाडौं, पुस २२ / राष्ट्र बैंक गभर्नर नियुक्त गर्न अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ।  समितिको मंगलबारको बैठकले दीपेन्द्रबहादुर क्षेत्री, श्रीराम पौड्याल र वीरविक्रम रायमाझीको नाम  सिफारिस निर्णय गरेको स्रोतले जानकारी दिएको छ। 
काठमाडौं, पुस २२ /  तत्कालीन राजा ज्ञानेन्द्रको नारायणहिटीस्थित सचिवालयलाई छिट्टै परराष्ट्रमन्त्रीको कार्यकक्षमा रूपान्तरण गरिने भएको छ।