२९ नोभेम्बर, २००८
रुस-क्युवाबीच गम्भीर विचार विमर्स
पोखरान्युज डट कम डट एन्पी
हवाना

हवाना, १४ मङ्सिर । रुसी राष्ट्रपति डिमित्री मेडभेडेभले क्युवाली नेता फिडेल क्याष्ट्रोसँगको वार्ता निकै फलदायी भएको बताउनुभएको छ ।

"दुई नेताबीच रुस-क्युवाबीच सहयोगसहित विकासका विभिन्न पक्षहरू र अन्तरराष्ट्रिय राजनीतिक परिदृष्यमा गम्भीर विचार विमर्स भएको छ ।"- मेडभेडेभका प्रबक्ता नातालिया तिमाकोभाले रुसी सञ्चारमाध्यमलाई बताउनुभयो ।

"मेडभेडेभ र क्याष्ट्रोबीच एक घण्टाभन्दा बढी वार्ता भएको छ ।"- उहाँले भन्नुभयो । यस अघि नोभेम्वर १९ मा चिनियाँ राष्ट्रपति हु जिन्ताओ र क्युवाली नेता फिडेल क्याष्ट्रोवीच वार्ता भएको थियो ।

"मेरा लागि यो भेट अबिस्मरणीय भएको छ ।" विरामी क्युवाली नेता क्याष्ट्रेले भन्नुभयो । क्याष्ट्रोले अमेरिकासँगको सम्बन्ध लगायतका विबिध क्षेत्रमा ठोस वार्ता भएको जानकारी दिनुभयो ।

"रुस क्युवाली नेता राउलक्याष्ट्रोको भ्रमणको प्रतिक्षामा छौं । क्याष्ट्रोको रुस भ्रमणका अवसरमा रुस र क्युवाबीच नयाँ सम्झौताका लागि जुट्न हामी तयारीमा छौं" - उहाँले भन्नुभयो ।


Post your comments here
समाचार
काठमाडौ, २२ पुस/ नेपाल एमेच्योर एथलेटिक्स संघको आसन्न चुनाब प्रक्रियागत र निष्पक्ष हुनेमा सम्बन्धितहरुले शंका ब्यक्त गरेका छन्। पुरानै स्थिति दोहोरिएमा एथलेटिक्स खेलले बिकासभन्दा..
काठमाडौं, २२ पुस/ पाँचौ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद्ले पुसको अन्तिम साता राष्ट्रिय खेलकुद भेला गर्ने भएको छ। राजधानीमा पुस..
२२ पुष, काठमाडौं/ सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्र श्रमजिवी पत्रकार नियमावली लागू गरिने जानकारी दिनु भएको छ । क्रान्तिकारी पत्रकार संघ दाङले मंगलबार...
काठमाडौं, २२ पुस/ पुजारी नियुक्तिको विषयमा स्थानीय बासिन्दा र भण्डारीहरूले पशुपति क्षेत्रमा मंगलबार बिहानैदेखि विरोध प्रदर्शन सुरू गरेका छन्। विरोध प्रदर्शनका कारणा गौशाला क्षेत्रमा...
२२ पुस, काठमाण्डौ/ तीन सातादेखि अबरुद्ध ब्यवस्थापिका संसदको बैठक सुचारु गर्न मुख्य आठ दल सहमत भएका छन् । बिहान नौबजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा वसेको वैठकमा सत्तारुढ...
इनरुवा, २२ पुस/ जुट मजदुरको आन्दोलनका कारण आज तेस्रो दिन पनि कोसी राजमार्गको मोरङ-सुनसरीखण्ड अवरुद्ध भएको छ । न्युनतम रु.१९० ज्याला पाउनुपर्ने माग राख्दै तीन दिनदेखि...