३० नोभेम्बर, २००८
अष्ट्रेलियामा हृवेल माछा मरे
पोखरान्युज डट कम डट एन्पी
सिड्नी

सिड्नी, १५ मङ्सिर/ दक्षिणी अष्ट्रेलियामा अलपत्र अबस्थामा रहेका ७२ वटा हृवेल माछा मरेको एक जना अधिकारीले आज बताएका छन् । एक साता अघि पनि समुद्री तटनजिक यस्तै प्रकृतिबाट ५३ वटा ठूला जातीका सामुद्रीक जनावर मरेका थिए । ठूला जातीका ती हृवेल माछा दक्षिणी तास्मिनिया द्वीपको बलौटे तटीय क्षेत्र एवं ढुंगा र चट्टानहरूबीच अलपत्र अबस्थामा रहेको विश्वास गरिएको छ । बहत्तर वटा हृवेल माछा मृत अबस्थामा भेटिएका छन् ।- तास्मिनियाको पार्क तथा बन्यजन्तु सेवाका अधिकारी क्रिस आर्थरले बताए । समुद्री जल क्षेत्रमा अलपत्र अवस्थामा रहेका थप ३२ वटा हृवेल माछालाई उद्धारकर्मीहरूले उद्धार गरी हेरचाह गरिरहेको आर्थरले बताए ।

शनिबार बिहान सबेरै ताम्सिनियाली अधिकारीहरूलाई त्यहाँको प्रशासनले र्सतर्क तुल्याइएको र दुर्गम क्षेत्रमा हेलिकप्टरद्वारा गरिएको निरीक्षणमा ढुङ्गा र चट्टानले नराम्ररी काटिएर घाइते भएपनि अझै १२ वटा हृवेल जीवितै फेला परेका छन् । आइतबार त्यस जल क्षेत्रमा पुगेका उद्धारकर्मीहरुले सात मिटर लम्बाई र तीन टनभन्दा बढी तौलका दुइवटा हृवेल जीवितै फेला पारेका थिए ।


Post your comments here
समाचार
ललितपुर, २२ पुस । पाँच सय वर्ष भन्दा पुराना प्राचीन २१ वटा गुम्बा अझै पनि व्यक्तिका नाममा रहेको जानकारी गुम्बा व्यवस्था तथा विकास समितिले दिएको छ ।
काठमाडौँ, २२ पुस । यही पुस १७ गते बल्खुस्थित आफ्नो डेराबाट हराएका १४ महिने बालकको खोजी गर्न कालीमाटी वडा प्रहरी कार्यालयले अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा एक टोली खटाएको छ ।
ललितपुर, २२ पुस । कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) अर्न्तर्गत माग गरिएका वैदेशिक कामदार लिने प्रक्रिया दुई महिनाका लागि स्थगन गरेको बताए पनि सो प्रणालीअर्न्तर्गत नेपाली कामदार रोजगार जाने क्रम भने रोकिएको छैन ।
गुलरिया, २२ पुस । मुक्तकमैया भूमिअधिकार सङ्र्घष समितिको आन्दोलन आजदेखि फेरि सुरु भएको छ । गत पुस १७ गते जिल्लास्थित राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय र मुक्तकमैयाका प्रतिनिधिहरूको र्सवपक्षीय बैठकमा मुक्तकमैया पुनःस्थापना आयोग गठनका लागि पहल गर्ने निर्णय भए पनि हिजोसम्म आयोग गठन नभएपछि समितिले आन्दोलनको घोषणा गरेको हो ।
वालिङ, २२ पुस । स्याङ्जा जिल्लाको वालिङमा दोस्रो पटक आयोजना गर्न लागिएको वालिङ महोत्सव तथा क्षेत्रीय औधोगिक व्यापार मेला - २०६५ को तयारी सुरु भएको छ ।
काठमाडौं, २२ पुस । मधेसी जनअधिकार फोरमका ३८ जना सभासद्हरूले आफ्नो दलका तर्फबाट मन्त्री बनाइएका चारजना मन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्रीसमक्ष हस्ताक्षरसहितको ज्ञापनपत्र आज दर्ता गराउनुभएको छ ।