२१ अगष्ट, २००८
श्रीकृष्ण जन्मोत्सव पर्वको आयोजना
विजय नेपालपोखरा/ पोखरान्युज डट कम डट एन्पी
पोखरा

विजय नेपाल,पोखरा, ५भदौ/ श्री कृष्ण जन्मास्टमीको अवसरमा यही भाद्र ७ गते पोखरामा श्रीकृष्ण जन्मोत्सव पर्व आयोजना गरिने भएको छ । राष्टिय परोपकार महासंघ, विश्वहिन्दु महासंघ र बोलबम समिति पोखराको संयूक्त आयोजनामा पोखराको चिप्लेढुंगामा साँझ ६ बजेदेखि मध्यरात १२ बजे सम्म हुने कार्यक्रममा भगवान श्रीकृष्णसम्बन्धि कथा प्रवचन, नाटक, नृत्य, कृष्ण झुला लगायतका प्रस्तुति हुने छन् । साथै कृष्ण जन्माष्टमीको दिन नदिपुरस्थित नारयणस्थानबाट शोभायात्रा सुरु गरी पोखरा बजार परिक्रमा गरेर विन्ध्यवासिनी मन्दिरमा पुगी टुंगिने पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा राष्टिय परोपकार महासंघका अध्यक्ष पण्डित कमलनयन गौतमले बताउनुभयो ।
 
 र्याली, झाँकी सहित हुने सो शोभायात्रा पछि हुने प्रवचन कार्यक्रममा पण्डित गौतमले प्रवचन दिनुहुने बोलबम समितिका संयोजक शंकर खरालले जनाउनुभयो । पत्रकार सम्मेलनमा बरिष्ठ पत्रकार कृष्ण प्रसाद बास्तोला, भजन सम्राट पेमजंग गुरुङ, पत्रकार दिननाथ बराल, बोल बम समितिका उपाध्यक्ष बासु देव पराजुली लगायतले यस्ता पर्वहरु पोखरामा निरन्तर रुपमा आयोजना हुनु पर्ने बताउनु भयो । यसअघि गतवर्षरामबजारमा भएको सो कार्यक्रम पोखरामा दोस्रो पटक हुन लागेको हो ।


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...