पोखरा, ५ भाद्र सप्तकोशी बाँधका कारण विस्थापितका लागि सिर्द्धार्थ क्लव पोखराले बिहिबार पोखराका मुख्यचोकहरुबाट राहत संकलन गरेको छ ।
पोखराको सिर्द्धार्थ चोक, विपी चोक, भिमसेन चोक, बुद्ध विशाल बजार तथा पालिखे चोक लगाएतका स्थानहरुबाट गरी क्लबले २ लाख बराबरको जिन्सी सामानका साथै नगद रकम पनि संकलन गरेको छ । राहत संकलन व्यवस्थापन प्रमुख धर्मराज गुरुङले दिएको जानकारी अनुसार बिहिबार पहिलो दिन नगद रु १९,७३७।- र रु. दुई लाख बरावरको जिन्सी सामग्री लत्ता कपडा संकलन गरिएको छ ।
क्लबले शनिबार बगालेटोल, रामकृष्णटोल, सिमलचौर, सिर्द्धार्थमार्ग लगायतका क्षेत्रहरुमा राहत संकलन गर्ने जनाएको छ । क्लबले संकलन गरेको नगद रकम तथा जिन्सी सामग्री जिल्ला प्रशासन कार्यालय कास्की संग समन्वय गरि विस्थापित परिवार सम्म पुर्याईने क्लवका कार्यवाहक अध्यक्ष ज्ञानेश्वर राज श्रेष्ठले जानकारी दिनु भएको छ ।
