२१ अगष्ट, २००८
गरिमा विकास बैंकको शाखा पोखरामा
एकराज गिरी/पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, ५ भदौ/नेपाल राष्ट्र बैंक नियमन विभागका कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले राष्ट्र बैंकको निति नियम तथा निर्देशनको पालना गरेर बैंकिङ सेवा प्रदान गर्न बैंकहरुलाई अनुरोध गर्नुभएको छ । उहाँले आज पोखरामा गरिमा बैंकको शाखा उद्घाटनका अवसरमा बोल्दै उक्त कुरा बताउनुभएको हो ।
उहाँले शाखा खोल्नु ठुलो कुरा नभएको बताउदै अहिले बित्तिय प्रतिष्पर्धामा त्यसलाई संस्थागत गर्नु चुनौती पुर्ण रहेको बताउनु भयो। उहाँले जति धेरै बित्तिय सस्था स्थापना हुन्छन सरकारलाई पनि राजस्वमा फाईदा पुग्ने बताउनु भयो । नेपाल राष्ट्रबैंक पोखराका मुख्य व्यवस्थापक शिवनाथ पाण्डेले बैकको निति नियममा रहेर काम गर्न आग्रह गदै बैकले बित्तिय सस्थाको प्रतिस्पर्धामा आफनो क्षयमता प्रस्तुत गर्न सक्ने विश्वास ब्यक्त गर्नु भयो । स्याङजाको बालिङमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकले पोखरामा चौथो शाखाको रुपमा स्थापना गरेको छ ।

सभागृहचोकमा स्थापना गरिएको शाखाको विहिबार उद्घाटन गर्दै बैंक संचालक समितिका अध्यक्ष जलेश्वर पाण्डेले सुदुर ग्रामीणर् इलाकादेखि सहरी् इलाका सम्म जनताको विचमा एउटा भरपर्दो वित्तिय मध्यस्तकर्ताको रुपमा कार्य गर्ने उद्देश्य बैंकले लिएको जानकरी दिए । बैंकले विषेश योजाना अर्न्तर्गत एक सयमा खाता खोल्न सकिने गरिमा स्वणिर्म बचत र भुपु सैनिक बचत खातामा एक लाखको निशुल्क दुर्घटना विमा व्यवस्था गरेको पोखरा शाखाका म्यानेजर गोविन्दप्रसाद ढकालले बताए ।  

अधिकृत पूँजी बीस करोड, जारी पुँजी ५ करोड र चुक्ता पूँजी २ करोड रहेकोमा असोज मसान्त सम्म चुक्ता पूँजी ५ करोड ३० लाख पुर्‍याईने जानकारी बैंकका कार्यकारी अधिकृत जितमान श्रेष्ठले दिए । उनका अनुसार बंैकले भविश्यमा १० जिल्लमा कार्यक्षेत्र विस्तार गर्ने र चुक्ता पूँजीलाई क्रमशः बढाउदै जाने निति लिएको छ । नेपाल राष्ट्र बैंको नयाँ व्यवस्था अनुसार २०७६ आषाढ मसान्त सम्म बैंकले चुक्ता पूँजी १० करोड पुर्‍याउने जानकारी बैंकले दिएको छ ।

बैंकले महिलाका लागि गरिमा महिला बचत, बाल, बृद्ध र अपाङ्गको लागि कल्याणकारी बचत, बैदेशिक रोजगार बचत लगायतका बचत खातालाई अगाडी सारेको छ । २०६४ साल मंसीर ७ गतेबाट आफ्नो कारोबार सुरु गरेको बैंकले पाल्पाको रामपुर, स्याङजाको गल्याङ र पोखरामा शाखा स्थापना गरिसकेको छ भने यही भदौमा नै स्याङजाको पुतलीबजार शाखा विस्तार गर्ने लक्ष्य लिएको बैंकका संस्थापक दुगाबहादुर गुरुङले जानकारी दिए ।

 


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...