२१ अगष्ट, २००८
लोकतन्त्र विपरित माओवादी गएमा सत्ताबाट हटाइन्छ -महत
एकराज गिरी/पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा भाद्र ५ गते/नेपाली कांगेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले लोकतान्त्रीक मुल्य र मान्यता विपरित सरकार चलाउने प्रयास गरे माओबादीलाई सरकार बाट हटाउने खेल काँग्रेसले गर्ने चेतावनि दिनु भएको छ ।

नेकपा माओवादीले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत सरकार चलाउन खोजेमा नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै माओवादीलाई सरकारबाट हटाउने दाबी गर्नु भएको छ । महतले प्रधानमन्त्री भएपछि प्रचण्डले नेपालीसेनालाई विश्वास गर्न नसकेर जनमुक्ति सेनालाई विश्वास गर्नु कस्तो सोंच हो - उहाँले प्रत्रि्रश्न गर्नुभयो । पोखरामा आज आयोजित काँग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले माओवादी पार्टि र्सवसत्तावाद हावी हुँदै गएको र त्यो र्सवसत्तावाद धेरै समय टिक्न नेपाली काँग्रेसले नदिने समेत बताउनु भयो ।

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बामपन्थी गठबन्धन हावी हुँदै संविधान निर्माण गरियो भने नेपाली काँग्रेसका सभासदले राजीनामा दिएर कडा प्रतिकारमा उत्रन पछि नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, संविधान जनताले चाहेको बन्नुपर्छ, संविधान बन्नका लागि नै र्सवसत्तावाद हावी भएमा काँग्रेसलाई मान्य हुने छैन ।


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...