पोखरा, १२ भाद्र/नेपाल वन टेलिभिजनका आन्दोलनरत पत्रकारहरुको आन्दोलन प्रति नेपाल पत्रकार महासंघ कास्कीले ऐक्यवद्धता जनाएको छ । महासंघको केन्द्रिय कार्यालयको कार्यक्रम बमोजिम कास्की शाखाले एक कार्यक्रम आयोजना गरी नेपाल वन विदेशी लगानीमा सञ्चालित टेलिभिजन भएको र त्यसले पत्रकारको श्रमशोषण गरेको भन्दै त्यसको विरोध गरेको छ ।
विदेशी लगानीमा सञ्चालित टेलिभिजनले पत्रकारहरुमाथि चरम शोषण गरेको प्रति आपत्ति जनाउदै उनीहरुको आन्दोलनमा सहकार्यगर्ने कार्यक्रममा बोल्ने विभिन्न वत्ताहरुले बताएका छन । कार्यक्रममा महासंघ कास्की सभापति नारायण कार्की, केन्द्रिय सदस्य द्धय पुण्य पौडेल र रविन्द्र बास्तोला, महासंघका उपसभापति श्याम कुँवर लगायतले बोल्दै पत्रकार शोषण गरिएको विषयलाई सरकारले पनि गम्भिर रुपमा हेरेर समस्याको समाधान गर्नुपर्ने बताएका थिए ।
