पोखरा, १२ भाद्र/बालगृह सञ्जाल कास्कीले कोशी बाढीबाट पीडित १० बालबालिकालाई पुनस्थापना गर्ने घोषणा गरेको छ । सञ्जालले नेपाल सरकारलाई १० अनाथ बालबालिका छनौट गरिदिन समेत आग्रह गरेको छ । बिहिबार सञ्जालले पत्रकार सम्मेलन गरी १० टुहुरा बालबालिकालाई पुनस्थापना गर्ने घोषणा गरी सरकारलाई सहयोग गर्न आग्रह गरेको हो ।
१० टुहुरा बालबालिकालाई पुनस्थापना गर्ने घोषणा सँगसँगै सञ्जालले सोही कार्यक्रममा कोशी बाढी पिडितका लागि २८ हजार नगद सहयोग गरेका छन । बिहिबार सञ्चालले एभिन्यूज टेलिभिजन तथा उद्योग वाणिज्य संघ बाढी पिडित राहत कोषमा सो रकम प्रदान गरेका हुन । सञ्जालका अध्यक्ष भिष्म पौडेलले एभिन्यूज टेलिभिजन पोखरा व्यूरो प्रमुख रामकृष्ण ज्ञवालीलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
आर्थिक सहयोग २८ हजार मध्य बालगृह सञ्जालले १० हजार, नमस्ते चिल्ड्रेन होमले १० हजार, होप फर हिमालयन किड्ससले ५ हजार, रेन्वो चिल्ड्रेन होमले २ हजार र अनपुर्ण चिल्डे्रन होमले १ हजार सहयोग गरेको हो ।
