२८ अगष्ट, २००८
श्रीलंकामा हुने सम्मेलनमा नेपालका ३० उद्योगको सहभागिता रहने
पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, १२ भदौ/श्रीलंकाको सिलोन उद्योग बाणिज्य संघका प्रतिनिधी चन्द्रारत्ना भिथाङ्गीले श्रीलंकामा हुने सम्मेलनबाट नेपाली उद्यमीहरुले सूचनाप्रविधी र खाद्य उत्पादनमा नयाँ सीप सिक्नसक्ने बताउनुभएको छ । आउँदो अंग्रेजी वर्ष २००९ को फेब्रुअरी २७ र २८ तारिखका दिन श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना हुने दक्षिण युरोप तथा दक्षिण एसिया खाद्य तथा सूचना प्रविधि सम्मेलनको बारेमा जानकारी दिदैं उहाँले उक्त अभिव्यक्ति दिनुभएको हो ।
सम्मेलनमा सहभागि भएका २५ प्रतिशत दक्षिण एसियाली उद्योगहरुसँग युरोपियन उद्योगहरुको सहकार्य गराउने, नयाँ बजारको खोजी गर्ने तथा दक्षिण एसियाली ब्यवसायीहरुलाई युरोपेली उद्योगहरुसँग गहिरो साइनो गास्ने वातावरण पनि सम्मेलनले दिने उहाँले दाबी गर्नुभयो । उहाँका अनुसार सम्मेलनमा दक्षिण एसियाका १ सय २० र युरोपका ६० वटा कम्पनीको सम्मेलनमा सहभागिता रहने छ । नेपालका ३० वटा उद्योग सहभागिता बताइएको छ ।
दक्षिण एसियामा रहेका सूचना प्रविधी र खाद्य उद्योगहरुलाई आफ्नो क्षमता अभिबृद्धि, खाद्य प्रशोधन तथा प्रविधी आदानप्रदान गर्न सहयोग पुर्‍याउने उदेश्यले सो कार्यक्रमको आयोजना गरिन लागेको भिथाङ्गीले जानकारी दिनुभयो । नेपाल उद्योग बाणिज्य महासंघ, युरोपियन युनियने सिलोन उद्योग बाणिज्य संघको सहयोगमा पोखरामा बिहीबार सम्मेलनको बारेमा जानकारी दिन गोष्ठीको आयोजना गरिएको थियो ।
कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठले सूचना प्रविधी तथा खाद्य उद्योगको क्षेत्रमा कार्यरत पोखरेली ब्यवसायीहरुलाई सम्मेलनमा सहभागी बन्न आग्रह गर्नुभयो । विकसित देशको प्रविधी नेपालमा भित्र्याउन सके नेपाली उद्योगको प्रतिस्पर्धी क्षमतामा अभिबृद्धि हुने उहाँको भनाई थियो । सम्मेलनमा सहभागी हुन चाहनेले एक हप्ता भित्र पोखरा उद्योग बाणिज्य संघको सचिवालयमा सर्म्पर्क राख्न पनि उहाँको आग्रह थियो ।
पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष मानकाजी माकाजुले पोखरा उद्योग बाणिज्य संघले प्रविधी हस्तान्तरण सम्बन्धी मार्कोपोलो परियोजनासँग सफलतापुर्वक कार्य गरेको स्मरण गर्दै नयाँ प्रविधीले सिक्नको लागि सम्मेलन फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका महासचिव कृष्णमोहन श्रेष्ठले सूचना प्रविधीको जानकारी बिना उद्योगहरु प्रतिस्पर्धी हुन नसक्ने धारणा राख्नुभएको थियो ।


 


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...