एकराज गिरी/पोखरा, ११ भाद्र/रामेश्वरी माविले आफनो विजय यात्रा जारी राखेको छ । पोखरा रंगशालामा जारी कास्की जिल्ला विद्यालय स्तरीय शहिद भीसेन दाहाल स्मृति रनिङ् कप फुटवल प्रतियोगिताको बुधवार सम्पन्न पहिलो प्रि क्वाटर फाइनल खेलमा स्पाइरल ग्यालेक्सीलाई २-० ले पराजित गदै क्वाटर फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको पहिलो क्वाटर फाइनलमा प्रवेश गदै उपाधिको दावेदारीका रुपमा प्रस्तुत गरेको छ । खेलमा सफल म्यान अफदी म्याच रामेश्वरीका निश्चल तुलाचन भए ।
यस अधि पटक पटक विद्यालय स्तरीय फुटबलमा वचस्व राख्दै आएको ज्ञानकुञ्ज बोडिङ स्कुलको यात्रालाई पुर्ण विराम लगाउदै रामेश्वरी प्रि क्वाटर फाइनल प्रवेश गरेको थियो । दोस्रो खेलमा नवदीप बोडिङ स्कुललाई ५-० ले पराजित गदै पार्दी मावि प्रि क्वाटर फाइनल प्रवेश गरेको छ । खेलको सफल म्यान अफदी म्याचको उपाधी पार्दी माबिका अदीत जलारीले हात पारेका थिए । तेस्रो खेलमा फेवा सामुदायिक बोडिङ स्कुललाई ९-० को फराकिलो गोल अन्तरले पराजित गदै प्रि क्वाटर फाइनल प्रवेश गरेको छ । सफल म्यान अफदी म्याचको पुरस्कार भने गण्डकीका धन बहादुर पुनले हात पारे । चौथो खेलमा वेस्टप्वाइट बोडिङ स्कुललाई टप्स उच्च माविले ५-० ले पराजित गदै प्रि क्वाटर फाइनल प्रवेश गरेको छ । टप्स उच्च माविका लागि सफल म्यान अफदी म्याच सन्दीप गुरुङले हृयाट्रीक गदै जित सुनिश्चित पारेका थिए ।
पाचौ खेलमा फेवा बोडिङ स्कुललाई ६-१ को फराकिलो गोल अन्तरले पराजित गदै कालिका उच्चमावि विजयी भएको छ । विजयी हुदै प्रि क्वाटर फाइनल प्रवेश गरेको छ । खेलको सफल म्यान अफदी म्याच कालिका उच्च माविका आकाश जलारी भए । खेलमा फेवा बोडिङ स्कुलका आकाश जलारीले डवल पहेलो रेड कार्ड खादै मैदानबाट बाहिरीएका थिए । छैटौ खेलमा जनप्रिय उच्चमाविलाई २-१ ले पराजित गदै सहारा एकेडेमी विजयी हुदै प्रि क्वाटर फाइनल प्रवेश गरेको छ । सहाराका समीर थापा खेलको सफल म्यान अफदी म्याचको पुरस्कार हात पार्न सफल भए । प्रतियोगिताको दोस्रो चरण अन्तर्रगतका खेलहरु सम्पन्न भएका छन ।
