१२ भदौ, बुटबल/ बुटवलमा जारी १६ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज दोश्रो क्वाटरफाईनल खेलमा साबिक बिजेता एनआईबी फ्रेण्ड्स क्लब र आयोजक रुपन्देही ११ भिड्दै छन् । आयोजक टिमले पि्र क्वाटफाईनलमा पोखराको सहारा क्लबलाई ट्राईब्रेकरमा ४: ३ ले पराजित गर्दै क्वाटरफाईनलमा प्रबेश गरेको हो भने साबिकको बिजेता फ्रेण्ड्स बाई पाएर सिधै पहीलो खेलको रुपमा क्वाटरफाईनलमा खेल्न लागेको हो । बुटवल देबिनगर स्थीत एन्फा टेक्नीकल सेन्टरमा बेलुका ४ बजे हुने खेलमा घरेलु मैदान र घरेलु दर्शकको फाईदा उठाउदै बिजयी हुने दाबी आयोजक टिमले गरेको छ भने साबिकको बिजेताको हैसियतले उपाधी रक्षा गर्ने लक्ष्यका साथ खेल प्रदर्शन गर्ने फ्रेण्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले बताउनु भएको छ । आजको बिजेताले पहीलो सेमिफाईनल खेल मा १४ गते नबिल थ्री स्टार संग प्रतिष्पर्धा गर्नेछ ।
