२६ अप्रिल, २००८
सेभेन ए साइड फुटबल शुरु
पोखरान्युज डट कम डट एन्पी
पोखरा

फुटबल विवाद अन्त्य गर्न एन्फा नै सक्रिय हुनुपर्छ सदस्य सचिव श्रेष्ठ
 नेपाल सेभेन ए साइड फुटबल फेडेरेशनको आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा प्रथम पेप्सी अन्तराष्टिय अन्तरक्लबस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन राष्टिय खेलकुद परिषदकासदस्य सचिव जीवनराम श्रेष्ठले एक समारोहका बीच गनुभएको थियो ।

उदघाटन मन्तव्यदिदै श्रेष्ठले फुटबलको विकासको लागि नयाँ बन्ने संविधानमा महत्वपुण् स्थान दिनुपर्ने खाँचो औल्याउन’भयो । उहाँले संविधानमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोडदिनुभयो । फुटबल क्षेत्रमा देखिएको विवाद अन्त्य गर्न अखिल नेपाल फुटबल संघ -एन्फानै सक्रियपुवर्क लाग्नुपर्नेजोडदिनुभयो ।

व्यवसायिकतर्फअगाडि लम्किएको अवस्थामा फुटबलमा देखिएको विवाद समाधान गर्न एन्फासँगै राष्टिय खेलाडीहरु समेत सक्रिय हुनु पर्ने बताउनुभयो । सेभेन एसाइड फुटबलले पोखराको फुटबल विकास गर्न महत्वपर्ुण्ा टेवा पुरयाउने विश्वास उहाँको थियो ।

उदघाटन समारोहमा नेकपा माओवादीका इन्जार्च करण तथा प्रतियोगिताका संयोजक नविन पुनले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उदघाटन खेल आयोजक पोखरा ए र लुधियाना फुटबल पन्जाबका बीच शुरु भइसकेकेा छ । प्रतियोगितामा विभिन्न १६ क्लबहरुको सहभागिता रहेका छ ।


Post your comments here
समाचार
सत्ता साझेदारी गर्न सहमत भएका प्रमुख राजनीतिक दल नेकपा (माओवादी) र नेकपा एमालेबीच मर्यादाक्रमको विवाद दुवै दलका शीर्ष नेताहरूको बैठकले टुङ्गो लगाएपछि नेकपा (एमाले)भोलि सरकारमा सहभागी हुने भएको छ ।
मध्यपुर थिमी, १२ भदौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा आज सयौँ विद्यार्थीको समूहले तालाबन्दी गरी धर्ना दिँदा सो क्षेत्र दिनभर तनावग्रस्त बन्यो ।
चौतारा, १२ भदौ । सिन्धुपाल्चोकको एक उच्च माविको स्टोरकोठामा तीन दिनअघि फेला परेका १० वटा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज दिउँसो निस्क्रिय पारेको छ ।
कास्की, १२ भदौ । अविरल परेको वर्षाका कारण कास्कीको कालिका गाविस वडा नं. ६ चितेपानीका दुइ घर पहिरोले बगाएको छ । अन्य पाँच घर पहिरोको जोखिममा परेका छन् ।
काठमाडाँै, १२ भदौ । परराष्ट्रमन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को दसौँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा आज अपराहृन त्यसतर्फप्रस्थान गर्नुभयो ।
१२ भदौ, दोलखा । दोलखाको चरिकोटमा रहेको गौरीसंकर बहुमुखि क्याम्पसमा आज विहान एमाले निकट अनेरास्ववियू र माओवादी निकट अखिल क्रान्तिकारी वीच झडप भएको छ । झडपको क्रममा एमालेको युथ फोर्सका कार्यकर्ताहरुले क्याम्पस हाता भित्रै गएर क्रान्तिकारी बिद्यार्थीहरु माथि सांघातिक आक्रमण समेत गरेका छन् ।