२६ अप्रिल, २००८
'फुटबलको विवाद समाधान गर्न एन्फा आफैं अगाडि बढ्नुपर्छ'- सदस्य सचिव
पोखरान्युज डट कम डट एन्पी
पोखरा


पोखरा, १४ बैशाख/पोखरामा शनिबारदेखि पेप्सी अन्तराष्ट्रिय क्लबस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठले गर्दै अब बन्ने संविधानमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर व्यवसायिक खेलकुदको विकास गर्न नवनिर्वाचित सभासदसित आग्रह गर्नुभयो ।

'खेलकुदको आधारभूत आवश्यकतालाई आत्मसात गर्दै संविधानमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्छु' उहाँले भन्नुभयो । फुटबल खेल व्यवसायिकतातिर लम्किएको अवस्थमा पछिल्लो समयमा देखिएको विवादले अन्यौलग्रस्त बनाईदिएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले फुटबलमा देखिएको विवाद अन्त्य गर्न एन्फा आफैं अगाडि बढनुपर्ने बताउनुभयो । 'फुटबलमा देखिएको डेडलकको स्थितिलाई समाधान गर्न एन्फा र राष्ट्रिय खेलाडीहरु अगाडि बढनुपर्ने अवस्था छ ।' सदस्य सचिव श्रेष्ठले भन्नुभयो-'एन्फा र खेलाडी आफै जागरुक बन्दै तत्काल समस्या समाधान गर्नुपर्छ ।' उहाँले सेभेन ए साइड फुटबलले पोखराको पर्यटन विकासमा टेवा पुर्‍याउने जानकारी दिनुभयो ।

चर्कोघामसँगै शुरुभएको उदघाटन खेलमा घरेलु टोली पोखरा एले सुखद शुरुवात गरेको छ । कमजोरी मानिएको पन्जाबको लुधियानालाई २-१ को कठिन नतिजा आत्मसात गरेको थियो । राजेन्द्र तामाङले खेल सकिन केवल ३ मिनेट बाँकी छदाँ गरेको उत्कृष्ठ गोलले आयोजकलाई दोस्रो चरणसम्म पुर्‍यायो । खेलको पहिलो हाफको २० औं मिनेटमा गोल गर्दै अग्रता लिएको घरेलु टोली मध्यान्तरको समयसम्म आइपुग्दा बराबरी खेलेको थियो । विष्णु केसीले गरेको गोलले अग्रता लिएपनि खेलको इन्जुरी समयमा लुधियानाका म्यान अफ दि म्याच गोपाल थापाले हेड गोल गर्दै बराबरी गरेका थिए । उनले खेलको २५ औं मिनेटमा सुन्नी सिंहको पासमा पोष्टको दिशा देखाउँदै बराबरीमा ल्याइपुर्‍याएका थिए ।

निकै रोमाञ्चक मोडमा अगाडि बढेको खेलमा आयोजकले निकै दवाव सहनुपरेको थियो । घरेलु दर्शकको दवाव रहेको उक्त खेलमा राजेन्द्र तामाङले नजानिदो तरिकाले प्रहार गरेको बल फष्टबारमा लाग्दै बल भित्र छिर्दै जालीको सर्म्पर्क पुगेको थियो । उनले दोस्रो हाफको २२ औ. मिनेटमा गरेका थिए । खेल २५/२५ मिनेट खेलाइएको छ । यसैगरी दोस्रो खेलमा धरानले काठमाडौं सेभेन ए साइड एशोसियसनलाई २-१ ले पराजित गरेको छ । पहिलो हाफ र दोस्रो हाफमा समान गोल गर्दै धरानले काठमाडौंलाई पाखा लगाएको हो । धरानका लागि योगेश श्रेष्ठले खेलको १३ औं मिनेट र सुदीप लिम्बुले २७ औं मिनेटमा गोल गर्दै धरानलाई दोस्रो चरणमा प्रवेश गराएका हुन् । काठमाडौंको लागि कृष्णगोपाल श्रेष्ठले खेलको ४४ औं मिनेटमा गोल फर्काएका थिए ।

नकाउटको आधारमा खेलाइएको उक्त प्रतियोगितामा हेरिक व्वाइज युके, त्रिनिटी क्लब वालिङ, लुधियाना फुटबल पन्जाब, पोखरा ए र बी, धरान सेभेन ए साइड, काठमाडौं जिल्ला फुटबल एशोसियसन, एडिडास नेपाल काठमाडौं, मोरङ सेभेन ए साइड, इन्डिया सेभेन ए साइड, आरसिटी काठमाडौं, राष्ट्रिय जागृति क्लब इटहरी, काल्र्सबर्ग मनाङ मर्स्याङदी, रुपन्देही फुटबल एशोसियसन, टाटा स्टिल भारत र हङकङसहित १६ टिमको सहभागिता रहेको छ । आज आइतबार आयोजक पोखरा एले टि्रनिटी क्लब वालिङसित र एडिडासले मोरङ सेभेन साइडसित खेल्ने छ । उदघाटन समारोहमा नेपाल सेभेन ए साइड फेडेरेशन नेपालका अध्यक्ष नविन पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा विजेता टोलीले ७५ हजार रुपियाँ नगदसहित कप पाउने छ भने द्धितियले ४० हजार रुपियाँ पाउने छ ।


Post your comments here
समाचार
सत्ता साझेदारी गर्न सहमत भएका प्रमुख राजनीतिक दल नेकपा (माओवादी) र नेकपा एमालेबीच मर्यादाक्रमको विवाद दुवै दलका शीर्ष नेताहरूको बैठकले टुङ्गो लगाएपछि नेकपा (एमाले)भोलि सरकारमा सहभागी हुने भएको छ ।
मध्यपुर थिमी, १२ भदौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा आज सयौँ विद्यार्थीको समूहले तालाबन्दी गरी धर्ना दिँदा सो क्षेत्र दिनभर तनावग्रस्त बन्यो ।
चौतारा, १२ भदौ । सिन्धुपाल्चोकको एक उच्च माविको स्टोरकोठामा तीन दिनअघि फेला परेका १० वटा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज दिउँसो निस्क्रिय पारेको छ ।
कास्की, १२ भदौ । अविरल परेको वर्षाका कारण कास्कीको कालिका गाविस वडा नं. ६ चितेपानीका दुइ घर पहिरोले बगाएको छ । अन्य पाँच घर पहिरोको जोखिममा परेका छन् ।
काठमाडाँै, १२ भदौ । परराष्ट्रमन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को दसौँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा आज अपराहृन त्यसतर्फप्रस्थान गर्नुभयो ।
१२ भदौ, दोलखा । दोलखाको चरिकोटमा रहेको गौरीसंकर बहुमुखि क्याम्पसमा आज विहान एमाले निकट अनेरास्ववियू र माओवादी निकट अखिल क्रान्तिकारी वीच झडप भएको छ । झडपको क्रममा एमालेको युथ फोर्सका कार्यकर्ताहरुले क्याम्पस हाता भित्रै गएर क्रान्तिकारी बिद्यार्थीहरु माथि सांघातिक आक्रमण समेत गरेका छन् ।