२८ अप्रिल, २००८
एडिडास र आयोजक पोखरा ए क्वार्टरफाइनलमा
पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, १५ बैशाख/राष्ट्रिय खेलाडी राजेश शाहीको नेतृत्वमा मैदानमा उत्रिएको एडिडास नेपालले सुखद शुरुवात गर्दा लामो यात्राको थकाई राम्ररी मेटन नपाएको मोरङ सेभेन ए साइड आइतबारको पहिलो खेलबाटै विदाई हुनुपरेको छ ।

नेपाल सेभेन ए साइड फुटबल फेडेरेशनको आयोजनामा पोखरा रंगशालामा सञ्चालित प्रथम पेप्सी अन्तराष्ट्रिय क्लबस्तरीय फुटबलको आइतबार एडिडासले मोरङमाथि ४-० को नतिजा निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेको छ । पोखरा रंगशालामा सेभेन ए साइडको फुटबल अनुभव सँगाल्न मौकालाई मोरङले शसक्त टोली एडिडासको सामना गरेको थियो । एडिडास नेपालले क्वार्टरफाइलनमा काठमाडौं सेभेन ए साइड संघलाई पन्छाएको धरानसित खेल्ने पक्का गरेको छ । मोरङको तर्फाट पनि विजय माझी, सुनिल मगर, विक्रम लिम्बु, सुनिल सरदार जस्ता खेलाडीहरु मैदानमा खरो उत्रिएका थिए ।

एडिडासका लागि दिपेन्द्र परियारले ९ औं मिनेटमा पहिलो गोल गरी खाता खोलेपछि मोरङले निरन्तर गोलको सामना गर्नुपरेको थियो । पानी हालेपनि चर्को घामले फुङ्ग धुलो उडेको मैदानमा एडिडासलाई राजेश शाहीले १३ औं मिनेटमा दोस्रो गोल थप्दै अग्रतालाई दोब्बर बनाउँदा पहिलो हाफको २५ मिनेट पुरा भएको थियो । एकतर्फी दबावमा राखेको एडिडासले खेलको अन्त्यतिर ४ मिनेटको अन्तरमा दुई गोल थपेपछि मोरङमाथि ४-० को सहज नतिजा निस्किएको थियो । खेलको ४४ औं मिनेटमा नरेन्द्र श्रेष्ठ र ४९ औं मिनेटमा भने रन्जित श्रेष्ठले गोल गरेका थिए । पहिलो गोल गरेका परियार म्यान अफ दि म्याचको हकदार बने ।

एडिडासका लागि राजेश शाही सहित रन्जित श्रेष्ठ, सागर गुरुङ, राकेश लामा, कमल विष्ट लगायतका खेलाडीहरु मैदानमा उत्रिएका थिए । पोखरामा चैत १२ र १४ गतेसम्पन्न नेपाल-पाकिस्तान बीचको मैत्रीपुर्ण खेलबाट अन्तराष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका शाहीले पोखराको मैदानमा भने त्यो दुखदमा एकमहिनापछि आफुलाई नायक सावित गरे । नेपाल पाकिस्तान बीचको दोस्रो दिनको खेलमा आफुलाई प्रस्तुत गरेका थिए । उक्त खेलमा नेपाल पराजित भएको थियो ।

उता दोस्रो खेलमा आयोजक पोखरा ए ले नयाँ प्रतिस्पर्धी वालिङको टि्रनिटी क्लबमाथि कठिन जित हासिल गर्दै क्वार्टर फाइनल प्रवेश गरेको छ । क्वार्टर फाइनल प्रवेश गरेको आयोजक एले बेलायतको हेरिक व्वाइज क्लबसित सेमिफाइनल प्रवेशको लागि भिडन् निश्चित बनेको छ ।

उदघाटन खेलमा पन्जाबको लुधियानालाई पराजित गरेर हौसिएको आयोजकका लागि पोखरेली अनुभवी खेलाडी बसन्त गौचनको सन्जीवनी गोलमा क्वार्टरफाइनल प्रवेश गर्दै दर्शकको र्समर्थनलाई समेत र्व्यर्थ जान दिएनन् । म्यान अफ दि म्याच गौचनले खेलको ११ औं मिनेटमा गोल गर्दै आयोजकको जीत पक्का गरे ।

अप्रत्यासित रुपमा गोल खाएको वालिङले गोल फर्काउन पुरै कोशिस गरेपनि राजेन्द्र तामाङको डिफेन्सलाई चिर्न सकेन् । दोस्रो हाफमा भने वालिङले आयोजकमाथि दबाव सृजना गरेपनि पाएका अवसर सदुपयोग हुन नसक्दा पराजय आत्मसात गर्दै पोखरा रंगशालाबाट विदाई लियो । आज सोमबारको पहिलो क्वार्टरफाइनल खेल एडिडासले धरानसित खेल्ने छ भने हेरिक व्वाइज बेलायतले आयोजकको पोखरा ए सित भिड्ने छ ।


Post your comments here
समाचार
सत्ता साझेदारी गर्न सहमत भएका प्रमुख राजनीतिक दल नेकपा (माओवादी) र नेकपा एमालेबीच मर्यादाक्रमको विवाद दुवै दलका शीर्ष नेताहरूको बैठकले टुङ्गो लगाएपछि नेकपा (एमाले)भोलि सरकारमा सहभागी हुने भएको छ ।
मध्यपुर थिमी, १२ भदौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा आज सयौँ विद्यार्थीको समूहले तालाबन्दी गरी धर्ना दिँदा सो क्षेत्र दिनभर तनावग्रस्त बन्यो ।
चौतारा, १२ भदौ । सिन्धुपाल्चोकको एक उच्च माविको स्टोरकोठामा तीन दिनअघि फेला परेका १० वटा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज दिउँसो निस्क्रिय पारेको छ ।
कास्की, १२ भदौ । अविरल परेको वर्षाका कारण कास्कीको कालिका गाविस वडा नं. ६ चितेपानीका दुइ घर पहिरोले बगाएको छ । अन्य पाँच घर पहिरोको जोखिममा परेका छन् ।
काठमाडाँै, १२ भदौ । परराष्ट्रमन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को दसौँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा आज अपराहृन त्यसतर्फप्रस्थान गर्नुभयो ।
१२ भदौ, दोलखा । दोलखाको चरिकोटमा रहेको गौरीसंकर बहुमुखि क्याम्पसमा आज विहान एमाले निकट अनेरास्ववियू र माओवादी निकट अखिल क्रान्तिकारी वीच झडप भएको छ । झडपको क्रममा एमालेको युथ फोर्सका कार्यकर्ताहरुले क्याम्पस हाता भित्रै गएर क्रान्तिकारी बिद्यार्थीहरु माथि सांघातिक आक्रमण समेत गरेका छन् ।