१ मे, २००८
मनाङको दोस्रो जित, तनावपूण खेल जित्दै आरसिटी अगाडि बढ्यो
पोखरान्युज डट कम डट एन्पी
पोखरा



पोखरा, १८ बैशाख/'सेभेन ए साइड फुटबलको नियमले खेल्न केही कठिनाई भयो । भारतीय टोलीहरुसित पेण्ड्ली म्याच खेल्न पाएकोले रमाइलो अनुभूति भएको छ । खेल्दा नियमहरु केही जानियो । टिम राम्रो छ भने प्रतिस्पर्धा कडा र फाष्ट हुन्छ तर आज(बुधबार) टिम गतिलो भएन ।' पेप्सी प्रथम अन्तराष्ट्रिय क्लबस्तरीय सेभेन ए साइड फुटबलमा बुधबारको पहिलो खेलका म्यान अफ दि म्याच काल्र्सबर्ग मनाङ मर्स्याङदीका कप्तान टासी छिरिङले भने-'गोलपोष्ट 'फाइभ' ए साइड जस्तो लाग्यो, बढी जोखिम छ कडा प्रहार गर्न खेलाडीले सोच्नुपर्छ ।' पोखरा रंगशालामा बुधबार भएको पहिलो खेलमा मनाङले भारतको टाटास्टिललाई लज्जास्पद रुपमा ७-० ले हराउँदा सबै खेलाडीको नाममा एक एक गोल लेखिएको थियो । विरलै मात्र सेन्टरको रेखा कटाएको टाटास्टिलका खेलाडीहरु अनुभवहीन र पहिलो पटक फुटबल खेलेको आभास दर्शकले् गरेका थिए । भारतीय टोलीका गोलकिपर रविकान्तले पन्जा नलाईकन मैदानमा देखिएका थिए । फुटबलको गोलकिपरले पन्जा नलाएको अवस्थामा भने अमान्य र खेल्न नपाइने प्रावधान रहेको छ । दिउँसो तीनबजे शुरुभएको पहिलो खेलमा खेल शुरुभएको ३ मिनेटमा राजकुमार घिसिङले मनाङका लागि गोलको खाता खोल्दा सुनिल सुवेदीले ६ र २२ औ. मिनेटमा गोल थपेका थिए । त्यसको लगत्तै २३ औं मिनेटमा खुम गुरुङले अर्को गोल ठोकेका थिए । त्यस्तै घिसिङले ३१ औं मिनेटमा अर्को गोल थपे । सुनिल र खुमलाई स्थानान्तरण गरेका सन्जय गुरुङ र सचिन श्रेष्ठ क्रमश ४१ र ४७ औं मिनेटमा गोल गर्दैै विपक्षी खेलाडी सबैको नाममा गोलको भार थुपारे । बुधबारको खेल राम्रो हुने सोचेर रंगशालामा फुटबल हेन लालायित दर्शकहरु भने भारतीय टोलीको खेलले टिकट काटेको र्व्यर्थै भएको अनुभूति गरेका थिए । उता दोस्रो खेलमा विजयस्वाद लिएको काठमाडौंको आरसिटीले आफनो भरपर्दा खेलाडी गुमाउन पुगेको छ । आरसिटीले भारतको सेभेन ए साइड राष्ट्रिय टोलीमाथि १-० को कठिन पार्दै क्वार्टरफाइनल प्रवेश गर्दा छ खेलाडीसहित खेल टुग्याएको थियो । खेल सकिन केही मिनेट बाँकी रहेको अवस्थामा आरसिटीका सुलभजंग रानाले विपक्षी भारतको सेभेन ए साइडको राष्ट्रिय टोलीका खेलाडीमाथि लात्तीले हानेपछि रातोकार्डको सामना गर्दै मैदान बाहिरिएका थिए । विपक्षी खेलाडीमाथि हिर्काए खेल ५ मिनेटसम्म अवरुद्ध बनेको थियो । रानाले आरसिटीका गोलकिपर दिलिप क्षेत्रीलाई पहेलो कार्ड देखाएपछि विवाद उत्पन्न हुदाँ क्रुद्ध बन्दै विपक्षीमाथि जाइलागेका थिए । रानालाई भारतीय रेफ्री मिथलेस कुमारले रातो कार्डको दर्शन गराएका हुन् । प्रतियोगिताको त्यो नै पहिलो कार्ड थियो । प्रतियोगिताबाट दुइ भारतीय टोली र हेरिक व्वाइज युके बाहिरिसकेका छन् ।


Post your comments here
समाचार
सत्ता साझेदारी गर्न सहमत भएका प्रमुख राजनीतिक दल नेकपा (माओवादी) र नेकपा एमालेबीच मर्यादाक्रमको विवाद दुवै दलका शीर्ष नेताहरूको बैठकले टुङ्गो लगाएपछि नेकपा (एमाले)भोलि सरकारमा सहभागी हुने भएको छ ।
मध्यपुर थिमी, १२ भदौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा आज सयौँ विद्यार्थीको समूहले तालाबन्दी गरी धर्ना दिँदा सो क्षेत्र दिनभर तनावग्रस्त बन्यो ।
चौतारा, १२ भदौ । सिन्धुपाल्चोकको एक उच्च माविको स्टोरकोठामा तीन दिनअघि फेला परेका १० वटा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज दिउँसो निस्क्रिय पारेको छ ।
कास्की, १२ भदौ । अविरल परेको वर्षाका कारण कास्कीको कालिका गाविस वडा नं. ६ चितेपानीका दुइ घर पहिरोले बगाएको छ । अन्य पाँच घर पहिरोको जोखिममा परेका छन् ।
काठमाडाँै, १२ भदौ । परराष्ट्रमन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को दसौँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा आज अपराहृन त्यसतर्फप्रस्थान गर्नुभयो ।
१२ भदौ, दोलखा । दोलखाको चरिकोटमा रहेको गौरीसंकर बहुमुखि क्याम्पसमा आज विहान एमाले निकट अनेरास्ववियू र माओवादी निकट अखिल क्रान्तिकारी वीच झडप भएको छ । झडपको क्रममा एमालेको युथ फोर्सका कार्यकर्ताहरुले क्याम्पस हाता भित्रै गएर क्रान्तिकारी बिद्यार्थीहरु माथि सांघातिक आक्रमण समेत गरेका छन् ।