२ मे, २००८
सेभेन ए साइडमा चारवटै विदेशी टोलीको विदाई
पोखरान्युज डट कम डट एन्पी
पोखरा



पोखरा, १९ बैशाख/अघिल्लो दुईखेलमा गोलको वर्ष गरेको काल्र्सबर्ग मनाङमर्स्याङदीले पाहुना टोलीमाथि कठिन जित हातपार्दै उपाधिको दावेदारी प्रस्तुत गर्दै सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा सम्पन्न पहिलो खेलमा मनाङले पाहुनाटोली हङकङलाई ३-२ ले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।
पेप्सी प्रथम अन्तराष्ट्रिय क्लबस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगीताको समिफाइनल यात्रा भने मनाङका लागि निकै कठीन बनेको थियो । खेलको दोस्रो हाफमा उत्कृष्ठ पुनरागमन जनाएको मनाङले अन्त्यत खेल आफनो पोल्टामा पार्दै उपाधि उचाल्ने होडमा आफुलाई दरिलो रुपमा प्रस्तुत गर्‍यो ।
 खेल क्षेत्रको अन्यौलका कारण एक बर्षपछी मात्रै फुटबल मैदानमा उत्रेको मनाङ मर्स्याङदीका लागि विहीबारको खेल संघर्षपुर्ण जित दर्ता गर्न सुनिल सुवेदीले दुई र खुम गुरुङले गोल हिर्काएका थिए ।
दर्शकको अभाव खेपिरहेको सेभेन ए साइड फुटबल प्रतियोगितालाई मंगलबारको जस्तै मौसमले पनि साथ दिएन् । दिउँसो ३ बजेर २३ मिनेट वितेपछि खेल शुरुभएको थियो । खेल शुरुहुने वित्तिकै पोखराले आफनो बास्तविक पहिचान देखाएको थियो । हावाहुरीसँगै परेको असिना पानीले खेल विथोलिएको थियो । हावाहुरी र पानी पर्न छाडेपछि झण्डै डेढघण्टापछि शुरुभएको खेलमा पाहुना टोलीले मनाङमाथि दवाव कायम गर्‍यो ।
खेलमा हङकङका दिपेन आलेले खेलको नवौं मिनेटमा गोल गरी टीमलाई अग्रता दिलाएका थिए । पहिलो गोलबाट हौसिएको पाहुना टोली हङकङले लगत्तै पाएको कर्नरलाई सदुपयोग गर्दै मनाङमाथि २-० को अन्तरले दवाव दिन सफल भएको थियो । दिपेनले भुपेन लिम्वुलाई हेडगोलको अवसर जुटाइदिएका थिए । आलेको कर्नर प्रहारलाई लिम्बुले खेलको १५औं मिनेटमा र्डाईभ हेड गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । दुई गोलले पछि परेको मनाङका लागि खेलको २०औं मिनेटमा खुम गुरुङले गोल गर्दै खेलमा र्फकने आशालाई जिवित तुल्याए ।
पहिलो हाफ सकिन केही सेकेण्डमात्रै बाँकी रहेको अवस्थामा सुनिल सुवेदीले २५ औं मिनेटमा गोल थप्दै टीमलाई बराबरीमा ल्याउँदै रोमाञ्चक बनाए । पहिलो हाफमा बराबरीमा रहेको मनाङका लागिसुवेदीले खेलको ४५ औं मिनेटमा गोल गर्दै मनाङलाई जितको हकदार बनाए । पोखराको मैदानले समेत साथ दिएको मनाङले प्रतियोगीतामा कठिन जितसंगै सेमीफाइनलमा प्रवेश पाएको हो । खेलमा हङकङका भुपेन लिम्बु म्यान अफ दि म्याच घोषीत भए ।
खेल पछी प्रतिक्रिया दिंदै मनाङका प्रशिक्षक छिरिङ लोप्साङले पानीका कारण प्राविधिक समस्या परेकोले खेलमा सोचे जस्तो परिणाम आउन नसकेको बताए । विपक्षी टिमसँग कडा प्रतिस्पर्धा हुनुमा पानीका कारण मैदान असजिलो भएको उनको ठम्याई थियो । जम्मा १६ टीम सहभागी रहेको प्रतियोगिताबाट दुई भारतीय टोली र हेरिक व्वाइज युके बाहिरिसकेका थिए । बिहीबार अन्तिम पाहुना टोली हङकङलाई मनाङले पाखा लगाए पछी प्रतियोगीतामा नेपाली टोली मात्र बाँकी छन् ।
यसैगरी दोस्रो खेलमा भने आरसीटीले आयोजक पोखरा बीसँग अप्रत्यासित रुपमा हार स्वीकारेको छ । भारतको सेभेन ए साइड राष्ट्रिय टोलीमाथि १-० को कठिन जित हात पारेको काठमाडौंको आरसिटीले विहीबार भने आयोजकसँग ३-० को फराकीलो अन्तरमा पराजित हुँदा अन्तिम दुईमा पुग्ने सपना अधुरो रहृयो । आयोजक पोखरा बीका लागि खेलको छैटौं मिनेटमा रवि थापाले गोल गरी अग्रता दिलाउँदा १७औं मिनेटमा पुन थापाले दोश्रो गोल गर । आरसीटीले २३ औं मिनेटमा आयोजक पोखरा बी कै शुशिल के.सीको गोलको सामना गर्दै प्रतियोगिताबाट बाहिरियो । आयोजक पोखरा बीका रवि थापा म्यान अफ दि म्याच घोषित भए । शुक्रबार आयोजक पोखरा ए र धरान फुटबल क्लव बीच पहिलो तथा मनाङ मर्स्याङदी र आयोजक पोखरा बी दोस्रो सेमीफाईनल खेल हुनेछ ।


Post your comments here
समाचार
सत्ता साझेदारी गर्न सहमत भएका प्रमुख राजनीतिक दल नेकपा (माओवादी) र नेकपा एमालेबीच मर्यादाक्रमको विवाद दुवै दलका शीर्ष नेताहरूको बैठकले टुङ्गो लगाएपछि नेकपा (एमाले)भोलि सरकारमा सहभागी हुने भएको छ ।
मध्यपुर थिमी, १२ भदौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा आज सयौँ विद्यार्थीको समूहले तालाबन्दी गरी धर्ना दिँदा सो क्षेत्र दिनभर तनावग्रस्त बन्यो ।
चौतारा, १२ भदौ । सिन्धुपाल्चोकको एक उच्च माविको स्टोरकोठामा तीन दिनअघि फेला परेका १० वटा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज दिउँसो निस्क्रिय पारेको छ ।
कास्की, १२ भदौ । अविरल परेको वर्षाका कारण कास्कीको कालिका गाविस वडा नं. ६ चितेपानीका दुइ घर पहिरोले बगाएको छ । अन्य पाँच घर पहिरोको जोखिममा परेका छन् ।
काठमाडाँै, १२ भदौ । परराष्ट्रमन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को दसौँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा आज अपराहृन त्यसतर्फप्रस्थान गर्नुभयो ।
१२ भदौ, दोलखा । दोलखाको चरिकोटमा रहेको गौरीसंकर बहुमुखि क्याम्पसमा आज विहान एमाले निकट अनेरास्ववियू र माओवादी निकट अखिल क्रान्तिकारी वीच झडप भएको छ । झडपको क्रममा एमालेको युथ फोर्सका कार्यकर्ताहरुले क्याम्पस हाता भित्रै गएर क्रान्तिकारी बिद्यार्थीहरु माथि सांघातिक आक्रमण समेत गरेका छन् ।