३ मे, २००८
सेभेन ए साइडको उपाधि मनाङ मर्स्याङदीलाई टासी उत्कृष्ट खेलाडी
पोखरान्युज डट कम डट एन्पी
पोखरा



पोखरा, २१ बैशाख/प्रथम पेप्सी अन्तराष्ट्रिय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि मनाङमर्स्याङदीले उचालेको छ । पोखरा रंगशालामा शनिबार दिउँसो सम्पन्न फाइनल प्रतिस्पर्धामा मनाङले आयोजक पोखरा एलाई १-० ले पराजित गर्दै उपाधि राजधानी भित्रयाएको हो ।
घरेलु टोलीले उपाधि रक्षा गर्न निर्धारित समयसम्म गरेको कोशिस सफल भएपनि अतिरिक्त समयको अन्तिम मिनेटमा गोल खाँदा उपाधि राजधानीको टोलीलाई सुम्पनु परेको हो । अतिरिक्त समयको ९ औं मिनेटमा पंकज लामाले मनाङका लागि निर्णायक गोल गर्दै ७५ हजार रुपियाँसहितको उपाधिको हकदार बनाए । उपविजेता बनेको आयोजक पोखरा एले ५० हजार रुपियाँसहित कपमा चित्त बुझायो ।
निकै प्रतिस्पर्धात्मक खेलमा बाजी मारेको मनाङले वर्षदनको फुटबल विश्रामलाई उपाधिसहित पुनताजगी गरेको छ । एन्फामा देखिएको विवादले फुटबलबाट टाढिएको मनाङले वर्षदनपछि पोखरा रंगशालाको खेलमैदानमा उपस्थिति जनाएको मनाङले पछिल्लो समयको ठुलो धनराशी पुरस्कार जितेको हो । एन्फाको विवादले फुटबल क्षेत्र नै अन्यौलग्रस्त बनेको थियो । मनाङ एन्फाको विरुद्ध सघंषमा उत्रिएको थियो ।
कम पोखरेली दर्शक समक्ष आफुलाई प्रस्तुत गरेको मनाङले जितको लागि आयोजकसित निकै संर्घष गर्नुपर्‍यो । निर्धारित ५० मिनेटको समयसम्म गोलरहित बराबरी खेलेको मनाङले खेल सकिन केवल एकमिनेट बाँकी छदाँ लामाको गोलमा उपाधि जित्दा एकवर्षो विश्रामलाई चटक्कै भुलेको छ । उपाधिले मनाङलाई पोखराको मैदान निकै फापिलो हुने सावित समेत गरेको छ । मनाङले आहा गोल्डकपको दोस्रेा र तेस्रो संस्करणसहित ६ पटकको लिग विजेता समेत बनिसकेको छ ।
प्रशान्त गिरीको उपस्थिति विना मैदानमा उत्रिएको मनाङले गोलको अवसर सृजना गरेपनि प्रयास विफल बन्दा गोलको खडेरी नै परेको थियो । त्यसो त आयोजकले पनि गोल गर्ने अवसर सृजना नगरेको भने होइन् । गोलको लागि विपक्षी गोलपोष्टमा धावा बोलेपनि गरेका हरेक प्रयास विफल बनिदिदाँ आयोजक निराश बन्नु परेको थियो । टासी छिरिङको नेतृत्वमा मैदानमा देखापरेको मनाङले गिरीको अनुपस्थितिमा फाइदा उठाँउदा घरेलु टोलीले भने दर्शकको र्समर्थनलाई आत्मसात गर्न सकेन् ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई स्थानीय विकास मन्त्री देव गुरुङले नगदसहित कप, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । विजेताले ७५ र उपविजेताले ५० हजार रुपियाँ पाएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी मनाङका कप्तान टासी छिरिङ घोषित भए । अनुशासित टोलीको पुरस्कार भने बेलायतबाट आएको हेरिक व्वाइजको नाममा रहृयो । उनीहरुलाई ट्रफी प्रदान गरिएको थियो ।
नेपाल सेभेन ए साइड फुटबल फेडेरेशनको आयोजना तथा बरुण बेभरेजको मुख्य प्रायोजनमा सञ्चालित उक्त प्रतियोगितामा नेपाल, भारत, हङकङ र बेलायतसहित काठमाडौ, रुपन्देही धरान, इटहरी, वालिङका गरी १६ टिमको सहभागिता रहेको थियो ।


Post your comments here
समाचार
सत्ता साझेदारी गर्न सहमत भएका प्रमुख राजनीतिक दल नेकपा (माओवादी) र नेकपा एमालेबीच मर्यादाक्रमको विवाद दुवै दलका शीर्ष नेताहरूको बैठकले टुङ्गो लगाएपछि नेकपा (एमाले)भोलि सरकारमा सहभागी हुने भएको छ ।
मध्यपुर थिमी, १२ भदौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा आज सयौँ विद्यार्थीको समूहले तालाबन्दी गरी धर्ना दिँदा सो क्षेत्र दिनभर तनावग्रस्त बन्यो ।
चौतारा, १२ भदौ । सिन्धुपाल्चोकको एक उच्च माविको स्टोरकोठामा तीन दिनअघि फेला परेका १० वटा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज दिउँसो निस्क्रिय पारेको छ ।
कास्की, १२ भदौ । अविरल परेको वर्षाका कारण कास्कीको कालिका गाविस वडा नं. ६ चितेपानीका दुइ घर पहिरोले बगाएको छ । अन्य पाँच घर पहिरोको जोखिममा परेका छन् ।
काठमाडाँै, १२ भदौ । परराष्ट्रमन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को दसौँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा आज अपराहृन त्यसतर्फप्रस्थान गर्नुभयो ।
१२ भदौ, दोलखा । दोलखाको चरिकोटमा रहेको गौरीसंकर बहुमुखि क्याम्पसमा आज विहान एमाले निकट अनेरास्ववियू र माओवादी निकट अखिल क्रान्तिकारी वीच झडप भएको छ । झडपको क्रममा एमालेको युथ फोर्सका कार्यकर्ताहरुले क्याम्पस हाता भित्रै गएर क्रान्तिकारी बिद्यार्थीहरु माथि सांघातिक आक्रमण समेत गरेका छन् ।