|
|
|
 |
 |
|
प्रधानमन्त्रीमा माधव नेपाल निर्विरोध पोखरा आवाज
काठमाडौ“, ९ जेठ । व्यवस्थापिका संसदमा रहेका ६ सय १ सदस्य मध्ये ३ सय ५५ सांसदको साथ र र्समर्थन पछि नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्नु भएको छ । संविधान सभामा रहेका २५ मध्ये २२ दलले उहाँलाई र्समर्थन गरेका हुन् ।
प्रधानमन्त्रीका लागि एक मात्र उमेद्वारी मनोनयन भएपछि ब्यवस्थापिका संसादको शनिबारबको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले माधव नेपाललाई निर्विरोध प्रधानमन्त्रीमा नियुक्त भएको घोषणा गर्नु भएको थियो ।
यद्यपि माओवादी, नेपाल जनता दल र नेकपा एकिकृतले भने संविधान सभा बैठक बहिस्कार गरे । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रस्तावक रहनु भएको मनोनयनमा एमाले अध्यक्ष झलनाथ खनाल सहित २२ दलले र्समर्थन गरेका थिए ।
विस्तृत... |
|
|
|
भाषण सुन्न
आतुर -नेकपा माओवादीले शनिबार पोखराको अमरसिंह चोकमा आयोजित
चुनावी सभामा डा बावुराम भट्टर्राईको भाषण सुन्न उपस्थित
र्सवसाधारणहरु । चुनावी सभामा डा भट्टर्राईसहित माओवादी नेता
देव गुरुङसहित कास्कीबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले समेत
सम्बोधन गरेका थिए । सभामा सांगितीक कार्यक्रम समेत गरिएको थियो
।
तस्बिरः
धन बस्नेत/पोखरान्यूज
(+
थप तस्वीरहरु) |
|
| ►
पोखरा समाचार |
|
प्ररायुसंघको जिल्ला सम्मेलन
Sunday, 24-May-2009 पोखरा, ९ जेठ -पोआ) । प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको आठौं जिल्ला सम्मेलन शनिबार आयोजना गरियो । सम्मेलनमा एमालेका बैकल्पिक पोलिटब्युरो सदस्य खगराज अधिकारीले माओवादीको आफ्नै कारणले सरकार ढलेको र उसको चरित्र द्धैध भएको बताउनु भयो । अधिकारीले माओवादीले नागरिक सर्वोच्चताको नाउँमा राष्ट्रपतिलाई विवादमा तानेको र देशलाई माओवादीकरण गर्न लागेको बताउनु भयो । सम्मेलनमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी अञ्चल इन्चार्ज राजीव पहारीले हरेक परिवर्तनका निर्ण्ाायक शक्ति युवाहरुलाई राज्यले उपेक्षा गर्न नहुने बताउनु भयो । माओवादीको ज्यादती बढ्दै गएको बताउँदै उहाँले त्यसको संघले कडा रुपमा प्रतिकार गर्ने समेत बताउनु भयो । विस्तृत...
|
| ------------------------------------------------------------------------------------- |
|
सभासद परियारद्वारा तालिमका लागि साठी हजार प्रदान
Sunday, 24-May-2009 पोखरा आवाज
पोखरा, ९ जेठ । नेपाली काँग्रेसकी सांसद कृष्ण कुमारी परियारले सांसद कोषबाट विभिन्न तालिम सञ्चालनका लागि साठी हजार प्रदान गर्नुभएको छ ।
शनिवार पोखरा -१८ मा अवस्थित समाज सुधार आमा समूह र देउराली परियार समाजको संयुक्त रुपमा आयोजना गरिएको ३ दिने मैनबत्ती कार्यक्रम र १ महिने सिलाई कर्टाई तालिमको सुभारम्भ कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।
तालिमको उद्घाटन प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक रुद्रकुमार श्रेष्ठले पानसमा द्वीप प्रज्वलन गरी गर्नुभएको थियो ।
विस्तृत...
|
| ------------------------------------------------------------------------------------- |
|
रोयल सहकारीको बाषिर्कोत्वसव
Sunday, 24-May-2009 पोखरा आवाज
पोखरा, ९ जेठ । पोखरा रोयल सहकारी संस्थ्ााको ८औं वाषिर्कोत्सव शनिबार सम्पन्न भएको छ ।
वाषिर्कोत्समा सहकारी समाचार नामक पत्रिकाको सहकारी प्रशिक्षण एवम् डिभिजन कार्यालय कास्कीका प्राचार्य र्सर्ुयप्रसाद भण्डारीले बिमोचन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष तुलसीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कास्की वचत तथा ऋण सहकारी संघका सचिव रविरमण तिवारी, लेखा समिति संयोजक केशवप्रसाद ढकाल, संस्थाका उपाध्यक्ष गणेशकुमार प्रधान सदस्य लक्ष्मण कार्की, हनिफ मियाँ लगाएतले बोल्नु भएको थियो ।
सभामा संस्थाका प्रवन्ध संचालक भीम गुरुङले बाषिर्क प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
विस्तृत...
|
| ------------------------------------------------------------------------------------- |
|
|
.... बांकी समाचारहरु [+] |
| ►
राष्ट्र्यि समाचार |
|
टर्यो दर्ुघटना
Sunday, 24-May-2009 पोखरा, ९ जेठ -पोआ) । त्रिभुवन विमानस्थलमा शनिबार बिहान साँढे पाँच बजे मनाङ एयरको हेलिकोप्टर र यति एयरलाइन्सको जहाज ठोक्किँदा जहाजको पुच्छरमा क्षति पुगेको छ । मनाङ एयरको हेलिकोप्टर एकाबिहानै यात्रु लिनका लागि लुक्ला गए पनि बाटोबाटै फर्केको थियो । -बाँकी ४ पेजमा)
विमानस्थलमा अवतरणको व|mममा हेलिकोप्टरले यति एयरलाइन्सको जेट विमानको पुच्छरमा ठक्कर दिएको हो। त्यसैगरी, जोमसोमबाट पोखरा विमानस्थलमा अवतरण हुने व|mममा सिता एयरको विमानमा समस्या देखिएपछि आपतकालीन अवतरण गर्नु परेको छ । जहाजको हाइड्रोलिक प्रेसरमा समस्या उत्पन्न भएको थियो। सिता एयरका अनुसार विमानमा ११ जना नेपाली, २ जना विदेशी र एकजना परिचारिकासहित तीन जना उडान अधिकारी संलग्न थिए । हाइड्रोलिक ब्रेक नलागेपछि म्यनुअल ब्रेक लगाइएको जनाइएको छ । सबै यात्रु सकुशल रहेका छन् ।
विस्तृत... |
| ------------------------------------------------------------------------------------- |
|
चर्चमा विस्फोट, दर्ुइको मृत्य
Sunday, 24-May-2009 पोखरा आवाज
ललितपुर, ९ जेठ । ललितपुरको धोवीघाटस्थित यजम्सन चर्चमा शनिबार बिहान भएको बिस्फोटमा एक महिलाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ ।
ललितपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदारमानसिंह भण्डारीका अनुसार विस्फोटबारे प्रारम्भिक अनुसन्धानबाट ३० देखि ३५ वर्षी मङ्गोलियन अनुहार र गोरो वर्ण्र्ााएकी एक महिलाको संलग्नता रहेको हुन सक्ने देखिएको छ । ती महिलाले बिहान चर्चमा आएर एकछिन बसेर आफूसँग भएको ब्याग भित्रै छोडेर एकैछिनमा आउँछु भन्दै बाहिरिएको पाँच मिनेटपछि सो ब्यागमा रहेको विस्फोटक पदार्थ विस्फोट भएको अनुसन्धानका क्रममा देखिएको उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । विस्तृत... |
| ------------------------------------------------------------------------------------- |
|
नेपालमा स्वाइन फ्लु नभेटिएको स्पष्ट
Thursday, 21-May-2009 पोखरा आवाज
काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालबाट गएका पर्यटकहरूमा चीनस्थित नाका खासामा इन्फ्लुएन्जा -स्वाइन फ्लु) नभेटिएको स्पष्ट पारेको छ । शङ्कास्पद बिरामीबाट लिइएको नमुनाको बेइजिङमा परीक्षण गर्दा नयाँ खालको इन्फ्लुएन्जा नभेटिएको मन्त्रालयले स्पष्ट पारेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेलले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी अनुमानित कुरालाई आधिकारिक समाचार नबनाउन र समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक निकायबाट सत्यतथ्य बुझेरमात्र प्रसारण गर्न आहृवान गर्नुभएको छ । केही सञ्चारमाध्यमले नेपालबाट गएका पर्यटकहरूमा चीनस्थित नाका खासामा इन्फ्लुएन्जा भेटिएको समाचार बाहिर ल्याएका थिए । विस्तृत... |
| ------------------------------------------------------------------------------------- |
|
डर््राईभिङ सिकेको आरोपमा श्रीमानबाट चरम यातनासहित घरनिकाला
Thursday, 21-May-2009 ठाकुरप्रसाद आचार्य
बेनी, ६ जेठ । महिलाहरुले नयाँ कामको थालनी गर्दा समुदायले तत्कालै पचाउन नसकेका उदाहरणहरु थुप्रै भेटिइरहेकै अवस्थमा म्याग्दी कि एक महिला त्यस्तै शिकार भएकी छन् ।
नयाँ काम सिकेर आत्मनिर्भर बन्न खोज्दा पुलाचौर ८ पुरुण्डेकी सम्झना नेपालीले आफ्नै श्रीमानबाट चरम यातना पाउनुका साथै घरनिकाला समेत हुनुपरेको छ । सम्झनाले डर््राईभिङ सिकेर आत्मनिर्भर बन्न खोज्दा श्रीमाने तेस्तो काम नगर्न दवाव दिँदै यातना दिएका थिए । यतानाबाट विचलित बनेकी सम्झना आखिर घरबाट सुरक्षित हुनकालागि घर छाड्न बाध्य भइन् ।
विस्तृत... |
| ------------------------------------------------------------------------------------- |
|
|
.... बांकी समाचारहरु [+]
|
|
|
|
|